‘अन्तर्राष्ट्रिय गोष्ठी नेपाल–चीन बौद्ध संस्कृति र कलालाई सुदृढ बनाउने ऐतिहासिक अवसर’
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताउनु भएको छ ।

नेपाल(चीन बौद्ध संस्कृति र कला विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवर्द्धन समाज, लुम्बिनी विकास कोष र सारी पुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा सेमिनार आयोजना गरिएको छ । सेमिनारले नेपाल र चीनबीचको सांस्कृतिक, धार्मिक र बौद्धिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्दै सांस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले जोड दिनुभयो । उहाँले सेमिनारले बौद्ध दर्शन, कला र संस्कृतिको गहिराइलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
चीनको आर्थिक विकासको प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठूलो फाइदा लिन सक्ने बताउनुभयो । विशेष गरी लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले लुम्बिनी प्रदेश सरकार बौद्ध संस्कृति, कला र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्