तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा गोठमा आगलागी हुँदा जलेर ६ वर्षीय बालकको मृत्यु

गुल्मी । गुल्मीमा आगोमा जलेर एक बालकको मृत्यु भएको छ । 

जिल्लाको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ६ वर्षीय बालक विवेक नेपालीको आगोमा जलेर मृत्यु भएको गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताउनुभयो ।

मनि नेपालीको ढुँगा र माटोले बनेको २ तले कच्ची गोठमा आज आगलागी भएको थियो । दिदी भाइसँगै खेलिरहेको समयमा गोठमा आगलागी भएको थियो ।

डीएसपी सारुका अनुसार विवेकका ९ वर्षीया दिदी अस्मिले भने भागेर ज्यान बचाएकी छन् । 

आगलागी पूर्णरूपमा नियन्त्रणमा आइसकेको र घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक लक्ष्मण विकको कमान्डमा टोली खटिएको डीएसपी सारुले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button