तपाईँ सुन्दै हुनुहुन्छः

महिला तथा बालबालिका लक्षित बजेट आउँदैछ : मन्त्री साह

सुर्खेत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले कर्णाली जस्ता दुर्गम उपेक्षित क्षेत्रसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा यस पटक राम्रो बजेट आउने बताउनुभएको छ । 

सुर्खेत–दैलेख सीमा गुराँस गाउँपालिका कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारीसँगको भेटमा उहाँले बजेट मार्फत महिलाको श्रम, सिप र नेतृत्व कौशल विकास गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । 

उहाँले मुख्यतः एकल महिलालाई विशेष केन्द्रबिन्दुमा राखेर सरकारले विशेष कार्यक्रम नै सञ्चालन गर्ने योजना अघि बढाएको जनाउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सरकारले विशेष ध्यान दिएको बताउँदै उहाँले यस पटकको बजेटमा नागरिक प्रत्यक्ष लाभ लिने खालका केही नयाँ कार्यक्रम समेटिने बताउनुभयो । 

कार्यक्रममा महिला तथा बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव ज्ञानहरि घिमिरेले महिलाको हक÷हितको संरक्षण र संवद्र्धन गरी विकासको मूल प्रवाहमा प्रभावकारी तरिकाले समाहित गर्ने कार्यमा गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button