तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी विद्यालयहरूको पठन पाठन अवरुद्ध भएपछि संस्थागत विद्यालयहरूलाई लाभ

जनकपुरधाम । शिक्षकहरूको जारी रहेको आम हडतालका कारणले सरकारी विद्यालयहरूको पठन पाठन अवरुद्ध भएपछि संस्थागत विद्यालयहरूलाई लाभ पुगेको छ । 

विद्यार्थी भर्नाको समयमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको हडतालका कारणले सरकारी विद्यालयमा नामाङ्कन गराउन नपाएका विद्यार्थीहरू नीजि वोडिङ्ग स्कुलमा नामाङ्कन गराउन थालेका छन् । 

धनुषाका नाम चलेका केही सामुदायिक विद्यालयहरूमा भित्र भित्र नामाङ्कन गर्ने काम भरेपनि धेरै विद्यालयहरूको सम्पूर्ण शैक्षिक गतिविधि अवरुद्ध भएका कारणले विद्यालयको नयाँ शैक्षिक शत्रमा पनि नामाङ्कन हुन सकेको छैन । 

अहिले महँगो शुल्क तिरेर भएपनि अभिभावकहरू नीजि क्षेत्रका विद्यालयहरूमा भर्ना गराउने काम गरिरहेका छन् ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button