१३ बुँदे जुम्ला घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न
जुम्ला । जुम्लामा आयोजित दुई दिने हिमाली संवाद(२०८२ सम्पन्न भएको छ ।
सगरमाथा संवादलाई लक्षित गरि सेभ द चिल्ड्रेन वर्ल्ड भिजनको सहयोग तथा किर्डाक नेपालद्वारा आयोजित हिमाली संवाद १३ बुँदे जुम्ला घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

संवाद सकिए लगत्तै आयोजित पत्रकार सम्मेलन मार्फत जुम्ला घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रमा जलवायु परिवर्तनले हिमाली समुदायमा पारेको प्रभाव, अनुकूलनका लागि भएका अभ्यास र अब तीनै तहका सरकारले गर्नुपर्ने प्रयास लगायतका सवाललाई प्राथमिकता दिइएको किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लले बताउनुभयो ।
किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले हिमाली संवादबाट जारी घोषणापत्रमा जलवायु परिवर्तनले हिमाली समुदायमा पारेको प्रभाव तथा अनुकूलनका सवालमा अब गर्नु पर्ने प्रयासका विषयमा जोड दिइएको बताउनुभयो ।
मानव अस्तित्वलाई चुनौती दिइरहेको जलवायु परिवर्तनको सङ्कटको सम्बोधनका लागि सबैको सहकार्य बढाउनका लागि विभिन्न समुदाय, स्थानीय, प्रदेश, संघीय र अन्तर्राष्ट्रिय तहमा साझेदारी बढाउन पहल गर्नु पर्ने लगायतका विषयलाई जोड दिँदै १३ बुँदे जुम्ला घोषणा पत्र जारी गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्