तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री यादवद्वारा दिगो विकास लक्ष्य प्राप्तिका कार्यबारे समितिलाई जानकारी 

काठमाडौँ । राष्ट्रिय सभा विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले आर्थिक वर्ष २०८१/०८२ को प्रगति विवरण, २०८२/०८३ को बजेट निर्माण र दिगो विकास लक्ष्य प्राप्त गर्न सम्पन्न कार्यहरूबारे समितिमा जानकारी गराउनुभयो ।

समितिको आजको बैठकमा मन्त्री यादवले पूँजीगत खर्च कम हुनु र प्रविधिको बारेमा सदस्यहरुले राख्नुभएको जिज्ञासामा आयोजनाको लागत अनुसारको बजेट नआएको र मन्त्रालयमा आवश्यक प्राविधिक जनशक्ति कम रहेको जानकारी गराउनुभयो ।

यसैगरी मन्त्री यादवले विगत वर्षहरुमा जस्तो असार महिनामा मेलम्ची खानेपानी समस्या समाधानको लागि मन्त्रालयले वैकल्पिक व्यवस्था गरेको पनि जानकारी गराउनुभयो ।

समिति सदस्यहरुले राख्नुभएको जिज्ञासामा ८१ वटा कार्यक्रमको सुनिश्चितता भई प्रक्रियामा गएको भन्दै आफूले आफ्नो क्षेत्र र जिल्लामा नभई कर्णाली प्रदेशलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button