दानव नदीमा बेपत्ता २ बालकको शव फेला
रुपन्देही । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार बिहान फेला परेको हो। उनीहरू दुवै सोही स्थानका स्थानीय बासिन्दा हुन्।
सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका थिए। तीमध्ये १४ वर्षीय राज यादवको शव सोमबार साँझ नै फेला परेको थियो।
बेपत्ता बालकहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर टोली सोमबार राति नै परिचालन गरिएको थियो। टोलीले मंगलबार बिहान बाँकी दुई बालकको शव नदीबाट निकाल्न सफल भएको हो।
प्रतिक्रिया राख्नुहोस्