तपाईँ सुन्दै हुनुहुन्छः

दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम बेवारिसे

बागलुङ । बागलुङको बागलुङ नगरपालिका–४ निर्णय घाटमा निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । दुई वर्ष अगाडि परिवारबाट अपहेलित भएका ज्येष्ठ नागरिकको सुरक्षाका लागि निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन नसकेको हो ।

निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भवन सञ्चालन नहुँदा वरपर झाडी ढाकेर बेवारिसे बनेको छ । आश्रम निर्माणका लागि निर्माण कम्पनीले  वि.सं. २०७९ पुस ८ गते सम्झौता गरी काम सुरु गरेको थियो । 

निर्माण कम्पनीले वि.सं. २०८० असार २५ गते काम सम्पन्न गरेको थियो । नगरपालिकाको दुई करोड २६ लाख रुपैयाँमा निर्माण भएको सुविधायुक्त आश्रम बनेको हो । भवन एक तलाको भए पनि सुविधायुक्त रहेको नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button