तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश मिडिया काउन्सिल अध्यक्षमा उपाध्याय र आमसञ्चार प्राधिकरणमा खड्का 

सप्तरी । मधेस प्रदेशको मिडिया काउन्सिल अध्यक्षमा बाराका वरिष्ठ पत्रकार कमल उपाध्यायलाई र सप्तरीका पत्रकार जितेन्द्र खड्कालाई आमसञ्चार प्राधिकरण मधेस प्रदेशको अध्यक्षमा नियुक्त गरिएको छ ।

प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार आज आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उहाँहरूलाई नियुक्ति गर्ने निर्णय गरेको हो । 

कमल उपाध्याय लामो समयदेखि बारा जिल्लामा पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घ बारा शाखाको अध्यक्षका रूपमा दुई कार्यकालसम्म नेतृत्वमा रहेर सक्रिय भूमिका निभाइसक्नुभएको छ ।

जिल्लामा सञ्चार माध्यमको विकास, पत्रकारहरूको पेशागत उन्नति तथा पुरस्कार तथा सम्मान व्यवस्थापनमा उहाँको विशेष योगदान रहेको बताइएको छ ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशको नेतृत्व पाउनुभएका जितेन्द्र खड्का २०७४ देखि २०७७ सालसम्म नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button