लुम्बिनी कप महिला फुटबल : रौतहट सेमिफाइनलमा प्रवेश
नेपालगन्ज । रौतहट जिल्ला फुटबल सङ्घको टोली लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा आज घरेलु टोली बाँके–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै रौतहट सेमिफाइनलमा प्रवेश गरेको हो ।

रौतहटको तर्फबाट जेनिफर राना मगर, समीक्षा राई र पियाली राओले १/१ गोल गरेका थिए । म्यान अफ द म्याच रौतहटकी सिम्रन राई भइन् । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता छ । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता छ ।
बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्