कमलबजार विमानस्थलमा तारा एयरलाइन्सले गर्यो पहिलो पटक व्यावसायिक उडान

अछाम । तारा एयरलाइन्सले पहिलो पटक कमलबजार विमानस्थलमा व्यवसायीक उडान गर्न सुरु गरेको छ ।
तारा एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज –नेपालगन्ज कमलबजार कनेक्टिङ फलाईटमार्फत आज आजदेखि व्यवसायीक उडान सुरु गरेको हो ।
काठमाडौँबाट १५ यात्रु बोकेर आएको तारा एयरलाइन्सको विमान नेपालगन्ज हुँदै कमलबजार विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी कृष्ण कुमार शाहले जानकारी दिनुभयो। उक्त विमान आजै कमलबजार बाट १५ जना यात्रु लिएर काठमाडौँ फर्किएको पनि उहाँले बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुणकुमार चौधरीले आज एक कार्यक्रममार्फत कमलबजार विमानस्थलमा पहिलो पटक व्यावसायिक उडानको उद्घाटन गर्नुभयो ।
सो अवसरमा मन्त्री चौधरीले कमलबजार विमानस्थलको कालोपत्रे गर्न र नियमित उडान गर्न भरपुर प्रयास गर्ने बताउनुभयो । उहाँले तारा एयरलाइन्सको व्यावसायिक उडान सुरु भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि, फाल्गुन २५ गतेदेखि नियमित उडान हुने भनिएता पनि सो दिन मोसम प्रतिकुल भएपछि पहिलो उडान नै अवरुद्ध भएको थियो । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्