तपाईँ सुन्दै हुनुहुन्छः

संघीय गणतन्त्रमा नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुन्छ : सभामुख मण्डल

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रका कारणले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रहेकाले यसको रक्षा गर्ने दायित्व प्रेस जगतको पनि रहेको बताउनुभएको छ ।

संसदीय मामिला पत्रकार समाज जनकपुरधामद्वारा आयोजित प्रदेश सभा सचिवालयमा वरिष्ठ पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले पत्रकारहरूले जहिले पनि देश र जनतालाई सर्वोपरि स्थानमा राखेर कलम चलाउन जरुरी रहेको बताउनुभयो । 

उहाँले संसदीय पत्रकार समाजले संसदीय पत्रकारिताको विकासका लागि अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्दै समाजमा आबद्ध रहेका पत्रकारहरूलाई अर्को वर्षदेखि प्रशिक्षण तथा अध्ययन भ्रमणको व्यवस्था गरिने बताउनुभयो ।

कार्यक्रममा सहभागी वरिष्ठ पत्रकारहरूले प्रदेश सभा तथा सरकारसँग गरेको अपेक्षाका विषयमा आ–आफ्नो धारणा सहितको सुझावहरू दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button