तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटमा नेपाली हाते कागज उत्पादन

कालीकोट ।  कालीकोटको पचालझरना गाउँपालिकामा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएको छ । 

गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा पचालभरना गाउँपालिका–७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उद्योग सञ्चालन गरिएको हो । उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पुर्‍याउने गाउँपालिकाको लक्ष्य रहेको छ । 

नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पु¥याउने भएकाले यसले सामुदायस्तरमा दिगो विकासमा मद्दत पु¥याउने विश्वास लिएको गाउँपालिका उद्योग विकास शाखा प्रमुख नेत्रराज शाहीले बताउनुभयो । “स्थानीयलाई हाते कागज उत्पादन गरेर रोजगारमूलक काममा लगाउने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको कागजलाई यहीको सरकारी कार्यालयमा खपत तथा बिक्री गर्ने उद्देश्य छ ।”

कागजको उत्पादन प्रक्रिया सुरु भएपछि स्थानीय व्यावसायिक गतिविधिमा वृद्धि र युवालाई स्वरोजगारको अवसर उपलब्ध गराउने प्रशिक्षक रजबहादुर शाहीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button