बुटवलमा एक युवतीमाथि गोली प्रहार
रुपन्देही । बुटवलमा एक युवतीमाथि अपरिचित व्यक्तिबाट आज बिहान गोली प्रहार भएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मरमाथि गोली लागेको छ।
रैनादेवि छहरा घर भई हाल बुटवल -११ बुद्ध नगर बस्ने बिस्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
केही दिनअघि एकजना भारतीय युवकसंग बिष्टकाे विवाद भएकोले उनैले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ ।
प्रतिक्रिया राख्नुहोस्