तपाईँ सुन्दै हुनुहुन्छः

१३ किलोमा सवारी दुर्घटना, दुई जनाको मृत्यु 

वीरगञ्ज । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पथलैया–निजगढ सडकखण्डको १३ किलोमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमध्ये एक जना सर्लाहीको बरथवा नगरपालिका–१५ हजरियाका ४६ वर्षीय नारायणहरि शर्मा रहेका छन् । अर्का एक जनाको भने सनाखत हुन सकेको छैन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित भुईँ पुल नजिकको क्षेत्रमा कार र ट्रिपर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार निजगढबाट पथलैयातर्फ आउँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको ट्रिपर र पथलैयाबाट निजगढतर्फ जाँदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा कार चालक र त्यसमा सवार शर्माको मृत्यु भएको हो । मृतक कारका चालकको भने सनाखत हुन सकेको छैन । 

प्रहरीका अनुसार फरार ट्रिपरका चालकको खोजी भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button