अनेमसंघ उदयपुरको अध्यक्षमा पुनः राई

उदयपुर । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) उदयपुरको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
बुधबार सम्पन्न सातौँ जिल्ला सम्मेलनबाट अनेमसंघको जिल्ला कार्यसमितिलाई नै निर्विरोध चयन गरिएको हो ।
समितिको अध्यक्षमा पुनः महेश्वरी राई निर्विरोध चयन हुनुभएको छ । राई यसअघि पनि अनेमसंघ उदयपुरको अध्यक्ष हुनुहुन्थ्यो ।
राईको अध्यक्षतामा ७५ सदस्य कमिटी निर्विरोध निर्वाचित भएको नेकपा एमाले जन सङ्गठन समन्वय संयन्त्र उदयपुरका प्रमुख हेम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको उपाध्यक्षमा द्वय गीता खड्का र किशोरी हुज्दार, सचिवमा शोभा दाहाल, सह–सचिवमा द्वय कुमारी आले र बिमला बि.क., कोषाध्यक्षमा लक्ष्मी बञ्जारा निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष महेश्वरी राईले आफु नेतृत्वको समितिले नयाँ सदस्यता दिने, पुरानो सदस्यता नवीकरण गर्दै सङ्गठन बिस्तार र मजबुत सङ्गठन निर्माण गरेर लैजाने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्