तपाईँ सुन्दै हुनुहुन्छः

तराई-मधेस जागरण अभियान पुनः सुरु

नवलपरासी ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा कार्यक्रम भएका छन् ।

अभियानमा सहभागीले आज बिहान छ किलोमिटर ‘मर्निङवाक’ गरेका पश्चिम नवलपरासी वाइसिएलका जिल्ला अध्यक्ष मोहन सापकोटाले जानकारी दिनुभयो । अभियानका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दघाट–४ बजारबाट ‘मर्निङवाक’ गर्दै बर्दघाट-१४ स्थित सहिद स्मृति समुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गर्नुभएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार अभियानका क्रममा अध्यक्ष दाहालले सहिद परिवार, शुभेच्छुकलगायत व्यक्तिसँग भेटघाट र छलफल गर्नुभएको थियो । विनयी त्रिवेणी–६ त्रिवेणीधाम, अवलोकन गरी यहाँका स्थानीयसँग समसामयिक विषयमा छलफल गर्नुभएको सापकोटाले उल्लेख गर्नुभयो । पाल्हीनन्दन गाउँपालिका-५ राधाकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा जनतासँग जनसभा कार्यक्रम गर्नुका साथै जिल्ला सदरमुकाम परासीलगायत ठाउँमा पनि कार्यक्रम गर्ने तयारी भएको छ ।

नवलपुरको गैँडाकोटबाट पुनः सुरु भएको अभियान आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा आयोजना भएको छ । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानलाई निरन्तरता दिँदै जनताका समस्या बुझ्ने र समाधानका लागि आवश्यक पलह गर्ने नेकपा मओवादी केन्द्रले जनाएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button