हावाहुरी र आगलागीबाट प्रभावितलाई राहत वितरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रभावितहरूलाई राहत वितरण गर्ने भएको छ । नगर विपद व्यवस्थापन समितिको आज बसेको बैठकले हालसालै आएको हावाहुरी र आगलागीबाट प्रभावितहरूलाई राहत वितरण गर्ने निर्णय गरेको हो ।

समिति संयोजक नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको बैठकले आगलागी र र तातो हावा (लू) आकस्मिक योजना २०८२ पारित समेत गरेको छ । यस्तै बैठकले डिग्निटी किट वितरण गर्ने निर्णय पनि गरेको छ । खानेपानी संस्थानबाट नगरका विभिन्न १२ ठाउँमा जडान भएको फायर हाइड्रेन्टका बारेमा पनि बैठकमा जानकारी गराइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका विपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठका अनुसार परसपुर वेल परिसर वडा नम्बर १७, औद्योगिक क्षेत्र वेल परिसर वडा नम्बर १२, रानी तलाउ वेल परिसर वडा नम्बर ८, मानपुर वेल परिसर वडा नम्बर १, कारकाँदो पानी ट्याङ्की परिसर वडा नम्बर १८, होटल स्टार लाइट उत्तर, जेएस विद्यालय जाने सडक वडा नम्बर १८, बौद्ध गुम्बा वेल परिसर वडा नम्बर ४, वडा नम्बर २ कार्यालय परिसर, आलानगर पानी ट्याङ्की परिसर वडा नम्बर १९, बसपार्क पूर्व टावर नजिक वडा नम्बर ४, फुल्टेक्रा चोक वडा नम्बर ६ र महेन्द्र बहुमुखी क्याम्पस अगाडि वडा नम्बर १० मा खानेपानी संस्थानले फायर हाइड्रेन्ट जडान गरिदिएको छ ।
बैठकमा गर्मीजन्य विपद पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, विपद समिति संयोजक समिर प्रताप सिंह लगायत नगर विपद समिति सदस्यहरु र सरोकारवालाहरूको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्