तपाईँ सुन्दै हुनुहुन्छः

हिन्दु, बौद्ध र मुस्लिम धर्मावलम्बी जोडीले गरे दाइजोमुक्त सामूहिक विवाह

रुपन्देही । नयाँ वर्षको अवसर पारेर रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा दाइजोमुक्त सामूहिक विवाह गरिएको छ ।

बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित विवाह समारोहमा एकै मञ्चमा दुई जोडी हिन्दु, दुई जोडी मुस्लिम र एक जोडी बौद्ध धर्मावलम्बी गरी तीन फरक फरक धर्मका जोडीहरूको एकै मञ्चमा आफ्नो रीतिरिवाजमा विवाह गरेका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक बिकास मन्त्री भुमिश्वर ढकालले समाजमा अहले पनि समाजमा दाइजो नल्याएकै कारण चेलीलाई अपमानित हुनुपरेकाले यस विवाहले समाजमा दाइजो प्रथा विरुद्ध आवाज बुलन्द गर्ने बताउनुभयो । 

यसले समाजमा राम्रो सन्देश जाने भएकोले यस्ता सामाजिक कार्यक्रममा प्रदेश सरकारले सहयोग गर्ने उल्लेख गर्नुभयो। मन्त्री ढकालले दाइजोमुक्त सामूहिक विवाहले दाइजो प्रथा हटाउन र सामाजिक सद्भाव बढाउन सहज हुने बताउँदै सरकारले यस्ता विवाहलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रम देशव्यापी चलाउनुपर्ने बताउनुभयो ।

ग्रामीण समाज कल्याण लुम्बिनीको आयोजनामा भएको महोत्सवमा तीन फरक धर्म हिन्दू, मुस्लिम र बौद्धका जोडीको एकै समारोहमा आफ्ना आफ्ना धार्मिक परम्परा र रीतिरिवाजअनुसार वैवाहिक बन्धनमा बाँधिएका कार्यक्रमका संयोजक कासिम खानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button