गुल्मीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु
गुल्मी । गुल्मीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–६ का १५ वर्षका राजेश कुमाल रहेका छन् ।
सोमबार सिस्तुङस्थित छल्दी खोलामा नुहाउने क्रममा डुबेर राजेशको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्