तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्ष मनाउन मठ मन्दिरदेखि पिकनिक स्थलसम्म युवायुवतीको भिड

जनकपुरधाम । नयाँ वर्ष २०८२ को अवसरमा धनुषा तथा महोत्तरी जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलमा नयाँ वर्ष मनाउनेहरूको भिड लागेको छ । 

धनुषा जिल्लाको सदरमुकाम जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, कपिलेश्वरनाथ, कुपेश्वरनाथ, क्षिरेश्वरनाथ र धनुषाधाम सहितका मन्दिरमा पूजाका लागि बिहानदेखि नै भक्तजनहरूको अत्यधिक भिड रहेको छ । 

आजको दिनमा मठ मन्दिरमा पूजापाठ गरेको खण्डमा वर्ष भरिको दिन राम्रो रहने विश्वासका साथ स्नान गरेर नयाँ लुगा लगाई सपरिवार पूजापाठ गरिरहेका छन् । 

यसका साथै धनुषाका प्रमुख पर्यटकीय स्थल पोखरीया, धारापानी, सिरहा र धनुषाको सीमाना कमला नदी क्षेत्र, धनुषाधाम, कमला ब्यारेज, जनकपुरधामको मणि मण्डप क्षेत्र, नोचा पोखरी, महोत्तरीको टुटेश्वर, बर्दिबास, माई स्थान सहितका क्षेत्रमा वनभोज खानेहरूको अत्यधिक भिड देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button