तपाईँ सुन्दै हुनुहुन्छः

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

सिमकोट (हुम्ला) ।  हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चङ्खेली गाउँपालिका–२का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । उनीहरू दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताउनुभयो । 

चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा  प्रदेश नम्बर २-०३-००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ ।  चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुवै जनाको उपचारका लागि श्रीमष्ठा प्राथमिक स्वास्थ्यचौकी पुर्‍याइएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button