तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा हनुमान जन्मोत्सवमा तनाव भएपछि ‘कर्फ्यु’ आदेश जारी

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यु’ आदेश जारी गरेको छ । 

वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यु

 आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यु

 आदेश जारी गरिएको बताउनुभयो । “आज भएको तनावको विषयमा आधिकारिक विवरण आइसकेको छैन”, उहाँले भन्नुभयो, “केही सङ्ख्यामा प्रहरी र अन्य व्यक्ति घाइते भएको विवरण छ ।” 

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ । जसअनुसार पूर्व: भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिम: सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महानगरपालिका–१४ सम्म कर्फ्यु आदेश जारी गरेको छ । 

यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यु आदेश कायम रहने प्रशासनले जनाएको छ । यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभा यात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button