असिना पानीले पाक्नै लागेको अन्नबालीमा ठूलो क्षति
बाजुरा।बाजुरामा शुक्रबार साँझ परेको असिना पानीसहितको वर्षा र हावाहुरीले पाक्नै लागेको गहुँ, जौ, उवा लगायतका कृषिजन्य बालीमा ठूलो क्षति पुर्याएको छ।
बडिमालिका, त्रिवेणी, र बुढीगंगा नगरपालिका लगायतका क्षेत्रका कृषकहरूले लगाएको अन्न, तरकारी र फलफूलका बाली असिनाले सखाप बनाएको छ।
“सबैभन्दा धेरै असर पाक्नै लागेको गहुँ, जौ, तरकारी र फलफूलमा परेको छ,” कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम सहानीले बताउनुभयो। यद्यपि जिल्लाभरि भएको क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको पनि उहाँले जानकारी दिनुभयो।
बाली पाकेर घर भित्र्याउने समयमै असिना पानी परेपछि कृषकहरू चिन्तित बनेका छन्। बडिमालिका नगरपालिका वडा नं. ५ का किसान देव चदाराले भन्नुभयो, “अब के खाने? छोराछोरीलाई कसरी पाल्ने?”असिनापानीले कृषिमा पुर्याएको क्षतिको असरले किसानहरू भोकमरीको चिन्तामा परेका छन्।
प्रतिक्रिया राख्नुहोस्