ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, एक घाइते

सर्लाही । सर्लाहीको हरिपुर्वामा ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री ठक्कर दिँदा एक किशोरीको मृत्यु एक घाइते भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं १३ श्रीनगर बस्ने रामदुलार महतोको छोरी १७ वर्षीया अञ्जलि कुमारी महतो रहेकी छन् ।
आज बिहान ०९ः१५ बजेको समयमा हरिपुर्वा नगरपालिका वडा नं.९ मिर्चैया बजारस्थित बाँके संग्राम्पुर सडकखण्डमा श्रीनगर बाट धनकौल तर्फ जाँदै गरेको ना ५ ख ३८५८ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री अञ्जलिको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटना हुँदा सोही साइकल पछाडि सवार मृतककी बहिनी १५ वर्षीया पूजा कुमारी महतो घाइते भएकी छन् ।
घाइते पूजाको स्थानीय मेडिकल श्रीनगरमा उपचार भई रहेको प्रहरीले जनाएको छ।
ट्रक चालक हरिवन नगरपालिका वडा नं १० ताईवन टोल बस्ने ३१ वर्षीय लक्ष्मण बि.क. प्रहरी चौकी गौरीशंकर सर्लाहीको नियन्त्रणमा रहेको तथा ट्रक ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्