तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय उडान नियमित गर्न आवश्यक सबै पूर्वाधार तयार गर्नुपर्छ: मन्त्री गुरुङ 

रुपन्देही । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडान गर्नका लागि सबै आवश्यक पूर्वाधार तयार हुनुपर्ने बताउनुभएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्नुहुँदै सञ्चार मन्त्री गुरुङले हामी आफै  एक अर्का देशलाई दोस दिनु गलत भएको बताउनुहुँदै    विमानस्थल सञ्चालन गर्ने नेपाल सरकारको हो सम्बन्धित मन्त्रालयको भएको बताउनुभयो । नियमित अन्तर्राष्ट्रिय उडानका लागि सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार तयार पारेपछी पूर्णरूपमा विमानस्थल चल्ने जिम्मा सरकारले लिने उहाँले बताउनुभयो । 

‘२०६४र०६५ सालको आर्थिक वर्षमा चलाउनु पर्छ भनेर प्रस्ताव गर्ने मै हो,  अन्तर्राष्ट्रिय विमानस्थल दुवै ठाउँ बनाऊँ भनेर सुरु गरेको हो । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि हाम्रै मन्त्रालय लाग्नुपर्छ ।’ मन्त्री गुरुङले भन्नुभयो । 

‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न हामीले १० बुँदे कार्ययोजना पारित गरेका हाैँ । अब यहाँबाट गर्न भिसा, कस्टम, पशु कृषि क्वारेनटाइनको अफिस, श्रम तथा रोजगार मन्त्रालयले आवश्यक सबै कार्यालय खोल्नुपर्‍यो ।’ सञ्चार मन्त्री गुरुङले भन्नुभयो,  हामीले सबै २० बुँदे कार्ययोजना श्रम मन्त्रालय, गृह मन्त्रालय लगायतका मन्त्रालयमा पठाएका छौँ । सबै भन्दा पहिला संस्कृति तथा पर्यटन मन्त्रालय लाग्नुपर्छ । 

‘पोखराको विमान घाटा भयो, भैरहवाको घाटा भयो भन्छन् तर कतिपय कुरामा नाफा छाडि जनताका सेवाका लागि पनि काम गर्नुपर्छ । अन्त नचलेपछि काठमाडौँ सधैँ चल्छ भन्ने हिसाबले पनि हो तर पनि पर्यटनको प्रवर्द्धन गर्न पनि चलाउनुपर्छ ,सबै पूर्वाधार खोल्नु पर्‍यो , सरकारको दृष्टिकोण विमानस्थल चलाउने नै छ । हामीले जहाज उडाउनु पर्‍यो भनेर मात्रै उड्ने होइन रहेछ।’ मन्त्री गुरुङले भन्नुभयो।

 नेकपा एमाले का केन्द्रिय उप महासचिव एवं प्रतिनिधि सभा सदस्य  पृथ्वी सुब्बा गुरुङले दुई दलको सहमति हुँदा ७ बुँदा सहमति भएको बताउनुभयो । एउटा संविधान संशोधन र सुशासन कायम गर्न, दुई दलको राजनीतिक कार्यदल बनाउने संयन्त्रमा छलफल भएर सबल र दुर्बल पक्षमा छलफल गरि विषय पहिल्याएर दुई दलले सत्तारुढ दलसँग पनि छलफल गरि साझा एजेन्डा बनाउने त्यसपछि प्रतिपक्ष दलसँग पनि छलफल गरि सबैको साझा बनाइ संशोधन गर्ने उहाँको भनाइ थियो । संविधान संशोधन दुई तिहाइले मात्रै गर्ने होइन । एजेन्डाको विषयमा छलफल गरेका छौँ । तत्काल संविधान संशोधन हुने होइन । संसदमा विधेयक पेश भयो । अहिले संसदमा भएका १९ विधेयक पास गरेर प्रक्रियागतरुपमा संविधान संशोधन हुने मन्त्री गुरुङले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button