तपाईँ सुन्दै हुनुहुन्छः

त्रिदेशीय मार्ग सञ्चालन गर्न माग

दोलखा । नेपाल– चीन जोड्ने फलाक नाका खुलाउन र त्रिदेशीय मार्ग (नेपाल– चीन– भारत) जोड्ने फलाक– भिटामोड सडक सञ्चालन गर्न दोलखाका स्थानीयले माग गरेका छन् । 

चीनसँगको सिमाना दोलखाको बिगु गाउँपालिका वडा नम्बर– १ लामाबगर फलाकबाट महोत्तरीको जलेश्वर भिटामोड हँुदै भारत जोड्ने त्रिदेशीय मार्ग सबैभन्दा छोटो भएकाले यसको सञ्चालनमा सरकारले विशेष पहल गर्नुपर्ने स्थानीय नरबहादुर श्रेष्ठले बताउनुभयो । 

नेपाल– चीन– भारत जोड्ने दुई सय ५० किलोमिटरको फलाक– भिटामोड त्रिदेशीय मार्गको करिब दुई सय ४७ किलोमिटर सडक बनिसकेको छ ।

अब करिब तीन किलोमिटर सडक बनेपछि चीनसँगको फलाक नाका जोडिने बिगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तामाङले बताउनुभयो ।

फलाक नाका जोडियो भने चीनको टिङ्ग्री जिल्लास्थित रोङसिया बजार पुगेर सहजै व्यवसाय गर्न सकिने वडा अध्यक्ष तामाङले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button