तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा नक्कली लाइसेन्स वितरण गर्ने गरेको आरोपमा चार जना पक्राउ

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली लाइसेन्स वितरण गर्ने गरेको आरोपमा यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जनालाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ठाकुरसहित सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोरखाथोकी पक्राउ परेका छन् ।

नक्कली सवारी चालक अनुमति पत्र वितरण गरेर मासिक तीन करोड भन्दा बढी रकम सङ्कलन गर्ने गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई बुधबार बाँकेका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button