तपाईँ सुन्दै हुनुहुन्छः

विकासको तीव्र आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य 

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विकासको तीव्र आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री आचार्यले पाणिनि सम्मेलनले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याएको बताउनुभयो । तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले सम्मेलनलाई केवल औपचारिक सभा नभई, प्राचीन ज्ञान, संस्कृति र इतिहासलाई नयाँ पुस्तासँग जोड्ने अवसरका रूपमा उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button