तपाईँ सुन्दै हुनुहुन्छः

माटो परीक्षणपछि उदयपुगढीका किसानआलु खेतीमा आकर्षित

उदयपुर । उदयपुरगढी गाउँपालिकाले पालिकाभित्र कृषि व्यवसायीकरणलाई अघि बढाउन माटो परीक्षणपछि सोही अनुसार गरी खेती गर्ने अभियान थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् । 

गाउँपालिका गाउँपालिका–४ ढुग्रेमा प्रदेश १ को माटो र मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा केही समयअघि सम्पन्न माटो परीक्षण शिविरमा ६४ किसानहरूले आफ्नो खेतबारीको माटो परीक्षण गराउनुभएको स्थानीय कृषि समूहका अध्यक्ष अर्जुन आले मगरले जानकारी दिनुभयो  । 

माटो परीक्षणपछि यहाँका अधिकांश स्थानको माटो आलु रोप्न उपयुक्त देखिएको छ । हाल ढुग्रेमा क्षेत्रहरूमा आलु खेतीलाई प्राथमिकता दिइएको छ । 

माटो परीक्षणले कृषकहरूलाई कृषि उत्पादनमा ठूलो टेवा पुगेको बताए अर्का कृषक कल्पना राना मगरले बताउनुभयो । उहाँले अझ समय समयमा माटो परीक्षण र कृषि प्राविधिकको सल्लाह प्राप्त हुनसके भविष्यमा अझै राम्रो उत्पादन वृद्धि गर्न सकिने बताउनुभयो । 

गाउँपालिकाले कृषिलाई व्यावसायिक रूपमा अघि बढाउने उद्देश्यले गाउँ गाउँमा माटो परीक्षण गरिएको नगर कृषि अधिकृत पारशमणी फुयाँल बताउनुभयो । 

हाल चिसो मौसम र मलिलो माटोको कारण पनि स्थानीय कृषकहरू आलु खेतीतर्फ आकर्षित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button