तपाईँ सुन्दै हुनुहुन्छः

डोटीको बडीकेदारमा सवारी दुर्घटना: एकको मृत्यु, एक घाइते

डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–३ देउथानस्थित जनजागरण सामुदायिक वन क्षेत्र नजिक आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी सोही ट्रकमा सवार बडीकेदार–३, देवल बस्ने २७ वर्षीय सन्तोष गुरुङको घटनास्थलमै काठले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

त्यस्तै, सोही सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा गम्भीर चोट लागेको छ। घाइतेको अवस्था मध्यम रहेको र उनलाई तत्कालै स्थानीय स्वास्थ्य चौकी मुलिचौरमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

आज दिउँसो करिब १२:३० बजेको समयमा काठ सङ्कलन गरी खोलामा जम्मा गर्न जाँदै गरेको बा ।प्र।०३–००१–ख–२५३ नम्बरको

लोड मिनिट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटना पछि बडीकेदार–२, बर्छैनका २९ वर्षीय चालक गोपाल बडेला  फरार रहेका र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button