रास्वपा सभापति लामिछाने रुपन्देही जिल्ला कारागार चलान
रुपन्देही । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज उच्च अदालतको आदेश बमोजिम रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको छ ।

अदालतमा उपस्थित गराएर सबै कानुनी प्रक्रिया पूरा भएपछि उहाँलाई जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको थुनामा पठाउने आदेशसँगै शुक्रवार राति नै लामिछानेले काठमाडौँ स्थित घरबाटै गिरफ्तारी दिनुभएको थियो ।
शनिबार उहाँलाई रुपन्देही जिल्लाको भैरहवा लगिएको थियो । तीन दिन न्यायिक हिरासतमा राखेर आज अदालती प्रक्रिया पूरा गर्न अदालत पेश गरेपछि कारागार चलान गरिएको छ । यो सँगै रबि लामिछानेको तर्फबाट आजै सर्वोच्च अदालतमा जाने तयारी रहेको रास्वपा स्रोत बताउँछ ।
प्रतिक्रिया राख्नुहोस्