तपाईँ सुन्दै हुनुहुन्छः

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (सोमबार) रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ। उहाँलाई रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा शुक्रबार पक्राउ गरिएको थियो।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशपछि काठमाडौंबाट पक्राउ गरिएको हो। शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले उहाँलाई रूपन्देही प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।

लामिछानेलाई आज अदालतमा उपस्थित गराएर कानूनी प्रक्रिया पूरा गरी थुनामा पठाउने तयारी गरिएको छ। यसअघि, सुप्रिम ठगी मुद्दामा लामिछाने माघ १३ गते एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button