तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङको सुकेटार विमानस्थलमा चार महिना पछि उडान सुरु

ताप्लेजुङ । ताप्लेजुङमा रहेको एक मात्र सुकेटार विमानस्थलमा चार महिना पछि उडान सुरु भएको छ ।

पटक—पटक उडान तालिका तय गरिएपनि विविध कारणले उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा चार महिना पछि उडान सुरु भएको हो । नेपाल वायु सेवा निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङका अनुसार आज(आइतबार) काठमाडौँबाट पाँच जना यात्रु र ताप्लेजुङबाट ६ जना यात्रुले विमानको सेवा लिएको जानकारी दिनुभयो । 

नेपाल वायु सेवा निगमको जहाजले आजबाट काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ हप्ताको एक पटक उडान सुरु गरेको कर्मचारी गुरुङ बताउनहुन्छ । नेपाल वायु सेवा निगमको दुई वटा जहाज ग्राउण्डेड भएपछि मङ्सिर महिनादेखि ताप्लेजुङमा हवाई उडान ठप्प भएको थियो । हाल हप्तामा एक दिनमा उडान तालिका  राखिएको भएपनि वैशाखपछि थप हुन सक्ने तयारीमा रहेको बताउनुभयो । 

ताप्लेजुङमा उडान नियमित सञ्चालन नहुँदा बिरामी,अशक्त,महिला, बालबालिका समस्यामा परेका छन् भने पर्यटकीय तथा धार्मिकस्थल रहेको जिल्लामा पाथीभरा(मुक्कुम्लुङ)आउने तीर्थयात्री तथा कञ्चनजङ्घा हिमालको अवलोकन गर्न आउने पर्यटकहरूलाई थप समस्या पर्ने हुने गरेको पर्यटक व्यवसायी छुवाङ् शेर्पा बताउनहुन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button