तपाईँ सुन्दै हुनुहुन्छः

ब्याज अनुदान राम्रो भएपनि कार्यविधि राम्रो नभएको किसानको गुनासो 

धनकुटा । धनकुटाका किसानले प्रदेश सरकारले ल्याएको व्याज अनुदान कार्यक्रम राम्रो भएपनि कार्यविधिमा फेरबदल गर्नुपर्ने बताएका छन् । 

उनीहरूले तराई, पहाड र हिमालका किसानलाई एउटै मापदण्डमा राखेर कार्यविधि निमार्ण गर्दा सरकारका थुप्रै कार्यक्रम असफल भएको भन्दै उनीहरूले त्यसलाई ध्यानमा राखेर कार्यविधि निर्माण गर्नुपर्ने सुझाएका छन्। कृषि कर्जामा व्याज अनुदान परिचालन सम्बन्धी छलफल कार्यक्रममा किसानले त्यस्तो बताएका हुन् । 

कृषि क्षेत्रको प्रवद्र्धन तथा किसानलाई वित्तीय पहुँचमा सहजता पु¥याउने उद्देश्यले धनकुटामा प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगर, कृषि ज्ञान केन्द्र, धनकुटा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, धनकुटाको आयोजनामा कृषि कर्जामा व्याज अनुदान परिचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा किसानलाई व्याज अनुदान कार्यक्रम भन्दा पनि स्थानीय तहलाई जिम्मेवार बनाएर किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने, किसानका उत्पादनलाई बजारीकरणमा ध्यान दिनुपर्ने भन्दै अगुवा किसान दिपक दाहालले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो। 

कार्यक्रममा किसानलाई बैङ्किङ प्रणालीसँग जोड्ने उपाय तथा कृषि क्षेत्रमा वित्तीय सहायताका नयाँ सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो। अगुवा बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूले किसानलाई सरल प्रक्रियामा कर्जा उपलब्ध गराउन आवश्यक नीति तथा सहुलियतबारे जानकारी गराएका थिए । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधिले किसानहरूको आय वृद्धि तथा उत्पादनशीलता अभिवृद्धि गर्न सरकारले ल्याएको विभिन्न योजनाबारे प्रकाश पारेका थिए। व्याज अनुदान दिँदा बैकमा ६, वित्तीय संस्थामा ७ र सहकारीमा ८ प्रतिशतले उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ लगायतले सरकारले ल्याएको यो कार्यक्रम राम्रो भएको र यसको  प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो। कार्यक्रममा अगुवा किसान, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button