तपाईँ सुन्दै हुनुहुन्छः

हीरक महोत्सवको अवसरमा काव्य गोष्ठी सम्पन्न

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले स्थापनाको ७५ औँ वर्ष तथा हीरक महोत्सवका अवसरमा काव्य गोष्ठी सम्पन्न गरेको छ ।

रेडियो नेपाल केन्द्रिय कार्यालय सिंहदरबारमा आयोजना गरिएको गोष्ठीमा १७ जना कविहरूले कविता, गजल तथा विभिन्न क्यारिकेचर प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्य अनिता गुरुङले साहित्यका विभिन्न विधाहरूमध्ये कविता सबैभन्दा सशक्त र प्राचीन विधा रहेको भन्दै समाज रूपान्तरणमा पनि यसको सशक्त भूमिका रहने बताउनुभयो । गोष्ठीमा गुरुङले कविता र गजल पनि प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने र नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले यस्ता कार्यक्रमहरूले एक आपसमा थप आत्मीयता र भाइचाराको विकास गर्ने बताउनुभयो ।

उहाँहरूले पिएसबीको मर्म अनुरुप संस्थालाई बलियो बनाउन सबै एक भएर लाग्न र हीरक महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्न पनि आग्रह गर्नुभयो ।

गोष्ठीमा भाग लिएका सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।

गोष्ठीमा सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल केन्द्रिय कार्यालयका साथै अन्य प्रादेशिक प्रसारण कार्यालयका कर्मचारीहरूले समेत जुममार्फत आफ्ना प्रस्तुती राख्नुभएको थियो ।

यसैगरी अहिले हाजिरी जवाफ प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा रेडियो नेपालका विभिन्न महाशाखाका ६ वटा समूहले भाग लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button