पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य बोहराको निधन
रुपन्देही । पूर्व मन्त्री एवं रुपन्देही क्षेत्र न-३ का प्रतिनिधि सभा सदस्य माननीय सांसद दीपक बोहराको निधन भएको छ ।

बोहराको काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ ।
बोहरा पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । उहाँ कोरोना महामारीको दोस्रो लहर ९जेठ २०७७० मा संक्रमित हुनुभएको थियो । सङ्क्रमणको चार पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको पार्टीले जनाएको थियो । थप समस्या थपिएपछि उहाँ केही समयपछि अमेरिकाको न्यूयोर्क पुग्नुभएको थियो । त्यसयता उहाँ स्पीच थेरापी गर्दै आउनुभएको थियो ।
दीपक बोहराको जन्म बि.स २००७ चैत १८ मा भएको थियो उहाँको ७४ वर्षको उमेरमा अस्पतालमा निधन भएको हो । उहाँ नेपाली राजनीतिज्ञ तथा व्यवसायी हुनुहुन्छ । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत हुनुहुन्छ ।
रुपन्देही-३ को २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बोहोराले तत्कालीन नेपाल सरकारका गृहमन्त्री नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्