तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट बालकको मृत्यु

बाजुरा । बाजुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर-३ धुर्तोलाका दिल्ली बहादुर रावतको छोरा अन्दाजी ८ वर्षीय विजय रावतको बाघको आक्रमणमा परि मृत्यु भएको हो।

आइतबार साँझ घरबाट करिब २ किलोमिटर टाढा रहेको छानोको आगनमा रहेको पानी धारामा बाघले आक्रमण गर्दा बालकको घटना स्थलमै मृत्यु भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बाघ छानोमा पस्न थालेको खबर पश्चात् स्थानीयहरूले होहल्ला गरेपछि छानोदेखि करिब १ सय ५० मिटर टाढा बालकलाई मृत छोडी बाघ भागेको र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरिले बताउनुभयो ।

घटना बारे थप बुझ्न प्रहरी चौकी मौरेबाट प्रहरीको टोली घटनास्थलमा पुगी मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button