तपाईँ सुन्दै हुनुहुन्छः

आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कानूनी कारवाहीको दायरामा ल्याइने 

काठमाडौँ । सरकारले राजावादीहरूको आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारवाहीको दायरामा ल्याउने बताएको छ । 

गृहमन्त्रालयले आज बेलुका सिंहदरबारमा पत्रकार सम्मेलन गरी घटनाको सूक्ष्म रुपमा निगरानी भइरहेको र आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कानूनी कारवाहीको दायरामा ल्याउने जनाएको हो । 

पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले शान्तिपूर्ण रुपमा भेला हुने र विचार अभिव्यक्त गर्ने संवैधानिक अधिकारको दुरुपयोग नगर्न र यस्ता गतिविधिमा संलग्न नहुने समेत सबैमा आग्रह गर्नुभयो । 

गृहमन्त्रालयले राजनीतिक उद्देश्यका साथ हुने आन्दोलन र प्रदर्शनहरू यस प्रकारको अराजक समेत हुनसक्छ भन्ने अनुमान समेत गर्न नसकिने भएका कारण आजको सुरक्षा व्यवस्थामा केही त्रुटि देखिएको भए पनि आगामी दिनमा यसमा सुधार हुने समेत जनाएको छ । 

यस्तै मन्त्रालयले आजको घटनाबाट कोही पनि आतङ्कित र हतोत्साहित नहुन समेत आग्रह गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button