तपाईँ सुन्दै हुनुहुन्छः

डाँडाबजार गोल्डकप वैशाख १७ गतेदेखि

धनकुटा । साँगुरीगढी गाउँपालिका–५ डाँडा बजारमा वैशाख १७ गतेदेखि साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । 

आयोजक डाँडाबजार फुटबल क्लबले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख १७ देखि २० गतेसम्म साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप हुन लागेको जानकारी दिएको हो । 

डाँडाबजार खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले ३ लाखसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद १ लाख ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक डाँडाबजार फुटबल क्लबले जनाएको छ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत पुरस्कारको व्यवस्था समेत गरिएको छ । 

प्रतियोगितामा आयोजक डाँडाबजार फुटबल क्लब, धनकुटाकै चौबिसेको रारा फुटबल क्लब, गाईघाट फुटबल क्लब उदयपुरसहित धनकुटा, मोरङ र सुनसरीका गरी ८ टिमको सहभागिता रहने अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button