तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गा क्षेत्रमा ढकमक्क फुले लालीगुराँस

गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गा क्षेत्रमा लालीगुराँस फुलेर रमणीय बन्ने गरेको छ ।  यहाँ लालीगुराँस फुल्ने मौसम सुरु भएसँगै घुम्न आउने पर्यटकहरूको चहलपहल पनि बढ्ने गर्दछ । 

गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रको वनैभरि राताम्य फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने गर्नाले चहलपहल बढ्ने गर्दछ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुङ्गामा गुराँस फुलेसँगै चहलपहल बढ्दछ । रेसुङ्गा क्षेत्रमा फागुन, चैत, वैशाख महिनासम्म गुराँस फुल्ने गर्दछ । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको रेसुङ्गामा लालीगुराँसका कारण पनि निकै प्रख्यात मानिन्छ । रेसुङ्गा क्षेत्रमा धार्मिकसँगै लालीगुराँसले पनि निकै रमाइलो मय बनेको त्यहाँ पुग्नेहरू बताउँछन् । 

रेसुङ्गा क्षेत्रमा लाली गुराँसका कारण दैनिकजसो आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको छ । रेसुङ्गा क्षेत्रमा विभिन्न थरिका लाली गुराँसहरू रहेका अहिलेको मौसम निकै रमाइलो मय हुने गरेको रेसुङ्गा मन्दिरका पुजारी कृष्णाप्रसाद पन्थीले बताउनुभयो ।

रेसुङ्गा क्षेत्रमा भौगोलिक उचाइगत विविधताले ठूलो घना जङ्गल रहेको छ । यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा, नागबेलीसहित १ सय ६१ प्रजातिका जडीबुटीहरू रहेको तथ्याङ्कमा उल्लेख छ । 

रेसुङ्गा क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोटहरूमा भएकाले पनि संरक्षणको अभाव खड्कीन थालेको छ । भएका बोटहरू सुक्दै जाँदै गर्नु र नयाँ बोटहरू बारे चासो नदिनुले पनि लालीगुराँसमा संरक्षणको अभाव देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button