तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारका काम कारबाहीमा निरन्तर खबरदारी गर्नुपर्छ’

नवलपरासी पश्चिम् । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सरकारले गर्ने काम कारबाहीमा काङ्ग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताउनु भएको छ । 

नेपाली काँग्रेस पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को भेलामा बोल्दै सरकारले गरेका धेरै राम्रा काम एउटै नराम्रो कामले ओझेलमा पर्ने भएकाले सरकारको काम कारबाहीमा नेपाली काङ्ग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने थापाको भनाइ थियो ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका महामन्त्री थापाले प्रदेशलाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न नसक्दा र अझै पनि केन्द्रीकृत मानसिकताका कारण जनतामा प्रदेश संरचनाप्रति असन्तुष्टि रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेलले जिल्लामा पार्टीभित्र देखिएको गुटगत अन्तर्द्वन्द्व मिलाएर पाटी एक बनाउनुपर्ने बताउनुभयो । 

केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा १ का सांसद विनोद चौधरीले आफ्‌नो क्षेत्रमा विकास निर्माण तथा नीतिगत रूपमा सुधार गर्नुपर्ने विषयमा तदारुकताको साथ काम गरिरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button