ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका हिमाल बचाउ अभियानमा जुट्दै
ताप्लेजुङ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेको भन्दै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले हिमाल बचाउ अभियान गर्ने भएको छ ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको काखमा सिरिजङ्घा पर्यटन महोत्सव आयोजना गरेर जलवायु परिवर्तनले हिमालमा परेको असर र हिमाली जीवजन्तुमा पुर्याएको असर र न्युनिकरणका उपायहरूको अध्ययन अनुसन्धान गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले जानकारी दिनुभयो ।

कञ्चनजङ्घा आधार शिविर याम्फुदिनको नयाँ झोरेनीमा २०८२ वैशाख ५ गते देखि १५ सम्म हुने महोत्सव आयोजना भएको हो । ३ हजार ३ सय ७ मिटरको उचाइमा हुने महोत्सवमा कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिता,याक तथा चौँरी प्रवद्र्धन तथा प्रदर्शन,माउन्टेन साइक्लिङ र प्याराग्लाइडिङको सम्भावना अध्ययन र साँस्कृतिक तथा साहित्यिक कार्यक्रम समेत आयोजना हुने पालिका उपाध्यक्ष डा.चित्र माबो बताउनहुन्छ ।
कञ्चनजङ्घा हिमाल हेर्न आउने पर्यटकहरूका लागि पद मार्गदेखि देखिने चाँदी झैँ टल्कने मनोरम हिमशृङ्खलाहरू, त्यस क्षेत्रमा पाइने नाउर,हिम चितुवा,रेडपाण्डा,झारल,डाँफे,मुनाल,चौँरी,याक,कस्तुरी मात्र नभएर नेपालको राष्ट्रिय फूल लालीगुराँस,हिमाली धुपी,सल्ला र चिमाल साथै विविध किसिमका हिमाली वनस्पतिहरूसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सकिने समेत उपाध्यक्ष माबो बताउनुहुन्छ । कञ्चनजङ्घाको पर्यावरणलाई ख्याल गर्दै आधार शिविर ४२ सय ३० मिटरको उचाइमा रहेको दुन्दु डाँडासम्म कार्यक्रम गर्ने बताइएको छ ।

सो भन्दा माथिल्लो क्षेत्रलाई प्राकृतिक रुपमा राख्नका लागि भावी दिनका लागि पनि पालिकाले पहल गर्ने समेत माबो बताउनहुन्छ । महोत्सव पुग्नका लागि सदरमुकाम फुङलिङ देखि यम्फुदिनसम्म गाडीबाट यात्रा गर्न सकिए पनि सो भन्दा माथी पैदल यात्रा तय गर्नु पर्ने हुन्छ । कञ्चनजङ्घा हिमालको माथिल्लो आधार शिविरमा पुग्नका लागि नयाँ झोरेनी,झन्डे डाँडा,दुन्दु डाँडा,चेराम,रामजेर,ओक्ताङ सम्म पुग्दा ४ हजार ९ सय मिटरको उचाइमा पुन्न सकिन्छ । भने ७ हजार ४ सय १२ मिटरको उचाइमा रहेको कब्रुल,कञ्चनजङ्घा साउथ, कञ्चनजङ्घा सेन्टल र ८ हजार ५ सय ८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमालमा पुग्न सकिन्छ । हिमाल अवलोकनका लागि भने ओक्ताङ सम्म मात्र पद मार्ग निर्माण गरिएको पालिकाले जनाएको छ । महोत्सवको लोगो समेत सार्वजनिक गरिसकेको पालिकाले महोत्सव सम्पन्न गर्नका लागि ५० लाख बढी खर्च हुने अनुमान गरिएको पालिकाका कार्यकारी अधिकृत डम्बर आङदेम्बेले जानकारी दिनुभयो ।
चौँरी याक महोत्सव तथा प्रदर्शन

उच्च हिमाली क्षेत्रमा पाइने याक चौँरी पालनलाई थप व्यावसायिक बनाउन तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ चौँरी याक प्रदर्शनी गरिने भएको हो । प्रदर्शनीमा उत्कृष्ट चौँरी याक पालकलाई पुरस्कृत गरिने भएको छ । यति नै सङ्ख्यामा चौँरी याक प्रदर्शन हुने भनेर एकसङ तथ्याङ्क केही दिनमा जानकारी गराउने बताइएको छ । चौँरी याक प्रदर्शन महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको छ । पालिका अनुसार उत्कृष्ट हुने चौँरी याक कृषकलाई २८ हजार पाँच ८६ रुपैयाँ प्रदान पुरस्कार प्रदान गरिने छ भने भने सान्त्वना पुरस्कार स्वरूप ८ हजार पाँच सय ८६ रुपैयाँ उपलब्ध गराइने भएपनि रकमको हेरफेर हुन सक्ने बताइएको छ ।
साहसिक म्याराथन प्रतियोगिता
कञ्चनजङ्घा हिमाल तथा सिरिजङ्घा गाउँपालिकाको विभिन्न क्षेत्रको महोत्सव स्थल झोरेनी तीन हजार ३०० मिटरभन्दा उचाइमा पर्दछ भने साहसिक खुला हाफ म्याराथन चार हजार ५०० मिटरसम्मको उचाइमा आयोजना हुन लागेको पनि माबोले बताउनुभयो । म्याराथनका विजेता प्रथम, दोस्रो र तेस्रोले क्रमशः दुई लाख आठ हजार ५८६, एक लाख आठ हजार ५८६ र ५८ हजार ५८६ रुपियाँ पुरस्कार पाउने प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्