तपाईँ सुन्दै हुनुहुन्छः

चौदण्डीगढीमा भीषण आगलागी, करोडौँको क्षति 

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कल्याण चोकमा भीषण रुपमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

स्थानीय शरण राईको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो । मङ्गलवार दिउसो अन्दाजी २ बजेतिर अचानक विद्युत् सर्ट भएर शरण राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्ण रूपले जलेर नष्ट भएको हो ।

सिमेन्ट, काठ र टिनले बनेको दुई तले तीन वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

आगलागी बाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको भए पनि क्षतिको पूर्ण विवरण भोली सम्ममा मात्र आउने प्रहरीले जनाएको छ ।

दिउसो विद्युत् सर्ट भएर सुरु भएको आगोले तीन घर पूर्ण रूपले जलेर नष्ट भएका थिए भने अन्य घरमा समेत आंशिक क्षति पुगेको थियो ।

आगो नियन्त्रणमा लिन स्थानीय चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले झन्डै अढाई घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button