‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धि तीन दिने फोटो प्रदर्शनी सुरु
नेपालगञ्ज । ‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धि तीन दिने फोटो प्रदर्शनी आजदेखि नेपालगञ्जमा सुरु भएको छ । चैत ६ गतेसम्म स्थानीय रामलिला मैदानमा प्रदर्शनी चल्नेछ । प्रदर्शनीको निःशुल्क अवलोकन गर्न सकिने आयोजक फोटो सर्कलले जनाएको छ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिनेछ । ग्रामीण र सहरी क्षेत्रहरूमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य बनाउने उद्देश्यका साथ ‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धि फोटो प्रदर्शनीको आयोजना गरिएको फोटो सर्कलका को–फाउन्डर नयन तारा गुरुङले बताउनुभयो ।
फोटो प्रदर्शनीमा विशेष गरी विभिन्न क्षेत्रमा योगदान गरेका महिलाहरूका काम झल्काउने तस्बिरहरू राखिएको फोटो प्रदर्शनी संयोजक सरिता सिंहले बताउनुभयो । महिलाहरूको इतिहास दस्ताबेजीकरणका लागि फोटो प्रदर्शनी गर्दै आएको सिंहको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्