तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

नेपालगन्ज । राप्ती नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । 

आज अपराह्न साँढे ४ बजे नरैनापुर गाउँपालिका–६ का पल्टु बर्माका १२ वर्षीय छोरा रवि बर्मा भैँसी चराउन गएको बेला राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल बिओपी गङ्गापुरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीसहित सशस्त्र प्रहरीकै विपद व्यवस्थापनको टोलीले खोजतलासका क्रममा आज साँझ बेपत्ता भएका रविको शवलाई राप्ती नदीबाट निकालेको हो ।

सशस्त्र प्रहरीले मृतक बालक रविको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाएको जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button