तपाईँ सुन्दै हुनुहुन्छः

‘होली पर्वले सामाजिक एकता तथा जातीय सद्भावलाई प्रगाढ बनाउँछ’ 

oplus_2

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले होली पर्वले सामाजिक एकता तथा जातीय सद्भावलाई प्रगाढ बनाउने काम गरेको बताउनुभएको छ । 

संसदीय मामिला पत्रकार समाज जनकपुरधाममा आज आयोजना गरेको होली मिलन समारोहमा सभामुख मण्डलले असत्यमाथि सत्यको विजय भएको दिनको रुपमा मनाइने होली पर्वले पत्रकारिता क्षेत्रमा थप ऊर्जाको सञ्चार गरेर पत्रकारहरूले सत्य कुराको उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

oplus_2

उहाँले संसदीय मामिला पत्रकार समाजसँग आबद्ध रहेका पत्रकारहरूले पनि सामाजिक चेतनाको सञ्चार गर्ने काममा अग्रणी भूमिका निर्वाह गर्दै जनतालाई सचेत बनाउने काममा लागि रहने विश्वास व्यक्त गर्नुभयो ।

संसदीय मामिला पत्रकार समाज जनकपुरधामका अध्यक्ष विरेन्द्र रमणको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ता, केन्द्रीय सदस्य राजेश कर्ण, वरिष्ठ पत्रकार विएम खनाल सहितका वक्ताहरूले होलीको शुभकामना दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button