दाङ प्रहरीद्वारा २२ जना फरार प्रतिवादी पक्राउ
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न समयमा मुद्दा फैसला भएर फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । विभिन्न मुद्दामा आरोप लागेर मुद्दा फैसला भएर फरार रहेका २२ जना प्रतिवादीलाई खोजतलास गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । २२ जना प्रतिवादीको सजाय २ वर्ष १ महिना र १७ हजार ५७८ रुपैयाँ जरिवाना रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले फागुन २७ गते सबै फरार प्रतिवादीलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दाङमा पठाइएको छ । साथै जिल्ला प्रहरी कार्यालय दाङले आपराधिक गतिविधि र घटनामा संलग्न फरार रहेका व्यक्तिलाई पक्राउ गर्नका लागि सूचना उपलब्ध गराउन समेत आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्