जंगु र रुपा थारूलाई एमटीबी रेस 2025 को उपाधि
नेपालगन्ज । बाँके जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटीबी रेस 2025 को मुख्य उपाधि जंगु थारू र रुपा थारूले जितेका छन् ।

पाँच किलोमिटर दुरीको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२:५८ मिनेटमा निर्धारित दुरी पूरा गरी प्रथम हुँदा विशाल थारू ९५७:५६० दोस्रो र बिमलेस यादव ९५७:५८० तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमशः नगद सात हजार, पाँच हजार र तीन हजारका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी इलाइट महिलातर्फ रुपाले ४३:३६ मिनेटको समय निकालेर कोर्स पूरा गर्दा कविता सार्कीले ४६:४२ मिनेटको समय निकाल्दै दोस्रो र सीता सार्की मिनेटसहित तेस्रो भइन् । शीर्ष तीन जनाले क्रमशः नगद सात हजार, पाँच हजार र तीन हजारका साथै पदक, प्रमाणपत्र पाउन सफल भए ।
नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल कोर्समा भएको रेसमा मास्टरतर्फ देव बोहरा (३४:३१) पहिलो, दीपक मल्ल (३८:४२) दोस्रो र विशाल श्रेष्ठ (४१:०६) तेस्रो भए । मास्टर तर्फका शीर्ष तीन जनालाई नगद सात हजार, पाँच हजार र तीन हजारका साथै पदक प्रमाणपत्रले कदर गरियो । त्यस्तै भेट्रानतर्फ अजय केसी (४१:०३), जितेन्द्र थारू (४२:०८) र कविराम थारू (४४:५१) ले क्रमशः शीर्ष तीन स्थान हासिल गरे ।
युसिआई क्रसकन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलोचन बोहराले ३५:४४ समय निकाल्दै पहिलो, वीरेन्द्र धोबीले ३५:५५ समय लिई दोस्रो र रन्जित चौहानले ३७:०८ समय लिएर तेस्रो स्थान सुरक्षित गरे । भेट्रान र जुनियरतर्फ शीर्ष तीनले पाँच हजार, तीन हजार र दुई हजार नगदका साथै पदक प्रमाणपत्र प्राप्त गरे ।
साइकलमार्फत पर्यटक भित्र्याउन डुडुवा गाउँपालिकाले एमटीबी रेसलाई आर्थिक सहयोग गरेको रेस आयोजक नेपालगन्ज बाइसाइकल्सका प्रमुख गगन थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्