तपाईँ सुन्दै हुनुहुन्छः

महिला न्यायाधीश सम्मेलन सोमबार

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार यहाँ ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ । 

सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ । 

सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू,सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीशहरू गरी ६० जनाको सहभागिता रहनेछ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लका अनुसार सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान गरिनेछ ।

यसअघि गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button